पद्मोदय मोडमा जुत्ता एक्सचेञ्ज मेला, ग्राहकको भीड

पुरानो जुत्तासँग नयाँ जुत्ता साट्न पाउने आकर्षक अफरसहित काठमाडौको पुतलीसडक पद्मोदय मोडमा लागिरहेको ‘जुत्ता एक्सचेञ्ज मेला’मा उपभोक्ताहरुको बाक्लो भीड लाग्न थालेको छ। एकातिर नजिकिदै गरेको चाडपर्व र अर्कोतिर खेर गएको जुत्ताको समेत उचित मूल्यांकन हुने तथा थप छुटसहित नयाँ जुत्ता किन्न पाउने भएपछि मेलामा उपभोक्ताहरुको चासो र भीड बढेको हो।

काठमाडौं पुतलीसडकबाट प्रदर्शनीमार्गतिर मोडिने बित्तिकैको पद्मोदय मोड ट्राफिक बिटसँगै नेपालका प्रख्यात ब्राण्डका जुत्ताहरुको एक्सचेञ्ज मेला लागिरहेको छ। एक्सचेञ्ज मेलाको अवधी अब केहि दिन मात्र रहेकाले यो मौका नगुमाउन र चाँडोभन्दा चाँडो आएर फाइदा लिन आयोजकको आग्रह छ।

मेलामा जुनसुकै ब्राण्डका पुराना जुत्ता ल्याएर नयाँ जुत्ता साट्न पाइनुका साथै प्रत्येक पुरानो जुत्ताको ५ सय रुपैया मुल्यांकन गरेर त्यसमा अझ २५ प्रतिशत छुटसहित नयाँ जुत्ता दिइने आकर्षक अफर रहेकाले मेलामा उपभोत्ताको चाप बढेको हो।

नेपाली उपभोक्तालाई नयाँ नयाँ जुत्ता लगाउन प्रेरित गर्नका लागि एक्सचेञ्ज मेला आयोजना गरिएको मेला आयोजक प्रमोद महतोको भनाई छ। ‘यसअघि पनि पटक–पटक यस्ता मेला आयोजना गर्दा उपभोक्ताहरुको व्यापक चासो र भिड देखिएकाले दशैंको अवसरमा अहिले एक्सचेञ्ज मेला आयोजना गरिएको र अब मेला केही दिनमा चल्ने भएकाले उपभोक्ताको चाप बढेको छ’ आयोजक महतोको भनाई छ।

काम नलाग्ने वा फ्याक्न लागेका जुत्तासँग नयाँ जुत्ता साट्न पाउँदा उपभोक्ता मख्ख परेर मेलामा ओइरेका हुन्। भक्तपुरका धर्म सुवेदीले पुरानो जुत्तासँग साटेर मेलामा ४ जोर जुत्ता किनेर फर्किए । उनले खुशी हुँदै भने, ‘पुरानो जुत्ता तह लगाउन पनि पाउने अनि नयाँ पनि पाइने हुँदा मैले ४ जोर जुत्ता किनेँ।’

एक्सचेञ्ज मेलाका लागि नै भनेर जुत्ता कम्पनीले १ सय ५० भन्दा बढि नयाँ र लेटेस्ट डिजाइनका जुत्ता लन्च गरेका छन्। नेपाली उपभोक्तालाई आफ्नो ब्राण्डको जुत्ता लगाउने वानी बसाल्नका लागि यस्तो आकर्षक अफर ल्याएको र जुत्ताको बजार मुल्य अनुसार नै छुट दिइएकाले उपभोक्तालाई फ्याक्ट्रीको उत्पादन लागत भन्दा सस्तो मूल्यमै नयाँ जुत्ता उपलब्ध हुने आयोजक जीवन श्रेष्ठको भनाइ छ।

स्वदेशमा बनेका जुत्ताचप्पलले नेपालीहरुको मन जितिरहेको अवस्थामा अझ नेपाली उपभोक्तालाई आकर्षित गर्नका लागि एक्सचेञ्ज मेला सार्थक हुने अर्का आयोजक आरसी केसी बताउँछन्। जुत्ता एक्सचेञ्ज मेलामा केटिएम सुज, भेनस सुज, फुटस्टेप सुजका नयाँ नयाँ डिजाइनका जुत्ता राखिएका छन्। हरेक ब्राण्डका जुत्तामा कम्तिमा ६ महिनाको वारेण्टी रहेको छ।

Leave a Reply

Your email address will not be published.