जवलाखेल आहा रारा गोल्डकपको सेमिफाइनलमा, सडन डेथमा मनाङ स्तब्ध

29 Jan, 2024

जावलाखेल युथ क्लब पोखरामा जारी आहा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। सोमबार पोखरा रंगशालामा भएको खेलमा मनाङ मर्स्याङ्दी क्लबलाई सडन डेथमा स्तब्ध तुल्याउँदै जावलाखेल सेमिफाइनलमा पुगेको हो।

निर्धारित समय १–१को बरारबीमा सकिएको थियो। त्यसपछि थप गरिएको ३० मिनेटमा गोल हुन नसकेपछि खेल पेनाल्टीमा गएको थियो। सडन डेथमा जावलाखेल ७–६ले विजयी भयो। सडन डेथमा मनाङका डिफेन्डर रणदीप पौडेलको प्रहार जावलाखेलका गोलकिपर युनेश चौधरीले बचाउँदै टिमलाई सेमिफाइनलमा पुर्‍याए।

खेलमा सुरुआती ग्रता जावलाखेलले लियो। ५५औं मिनेटमा हिसुब थपलियाले गोल गर्दै मनाङविरुद्ध टिमलाई अग्रता दिलाए। तर, ८९औं मिनेटमा राजेश परियारले मनाङका लागि बराबरी गरे। राजेश मनाङको डेब्यू खेलमै गोल गर्न सफल भए।

मंगलबार ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडले विभागीय टिम नेपाल पुलिस क्लबको सामाना गर्नेछ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]