विभागीय टिम त्रिभुवन आर्मी क्लबले पाहिलो पटक आहा रारा गोल्डकपको उपाधि जितेको छ। पाचौं पटक फाइनल पुगेर आर्मीले थ्री स्टार क्लबलाई ३–०ले हराउँदै उपाधि जितेको हो।
यसअघि चार पटक फाइनल पुगेर पनि आर्मी उपाधिबाट बञ्चित भएको थियो। आर्मीको जितका लागि जिलेप्सीजंग कार्की, फत्तेमान घले र वसन्त जिम्बाले गाोल गरेका थिए।
३८औं मिनेटमा आर्मीका जिलेप्सीजंगले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। पहिलो हाफ १–० मै सकियो। ८३ औं मिनेटमा फत्तेमान घलेले गोल गर्दै आर्मीको अग्रता दोब्बर बनाए इन्जुरी समयको चौथो मिनेटमा वसन्त जिम्बाले गोल गरेपछि आर्मी ३–०ले विजयी भयो।
उपाधि विजेता त्रिभुवन आर्मी क्लबले १२ लाख १ हजार रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता बनेको थ्रीस्टार क्लबले ६ लाख १ हजार रुपैयाँ प्राप्त गरेको छ ।
