विश्वकपको सेमिफाइनलिस्ट मोरक्को अफ्रिका कप अफ नेसन्सको अन्तिम १६ बाटै बाहिरियो

31 Jan, 2024

कतार विश्वकपको सेमिफाइनलिस्ट मोरक्को अफ्रिका कप अफ नेसन्सको अन्तिम १६बाटै बाहिरिएको छ। मंगलबार राति भएको खेलमा अर्चरफ हाकिमीले पेनाल्टी मिस गर्दा मोरक्को दक्षिण अफ्रिकासँग २–०ले पराजित भयो।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा अग्रता दक्षिण अफ्रिकाले लियो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ५७औं मिनेटमा इविडेन्स माक्गोपाले दक्षिण अफ्रिकालाई अग्रता दिलाए।

८५औं मिनेटमा मोरक्कोले बराबरीको अवसर गुमायो। प्राप्त पेनाल्टीमा हाकिमीको प्रहार पोस्टमाथिबाट बाहिरिएको थियो। इन्जुरी समयको चौथो मिनेटमा मोरक्को १० खेलाडीमा समेटियो। उसका सोफ्यान अम्राबातले रातो कार्ड पाएका थिए।

त्यसको १ मिनेटपछि नै दक्षिण अफ्रिकाले अग्रता दोब्बर बनायो। उसका टेबोहो मोकोनाले गोल गरेका थिए।

अब क्वार्टरफाइनलमा दक्षिण अफ्रिकाले कोप भार्डेको समाना गर्नेछ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]