नाइजेरिया र एंगोला अफ्रिका कप अफ नेसन्सको क्वार्टरफाइनलमा

28 Jan, 2024

नाइजेरिया र एंगोला अफ्रिका कप अफ नेसन्सको क्वार्टरफाइनलमा प्रवेश गरेका छन्। शनिबार राति भएको खेलमा नाइजेरियाले क्यामरुन र एंगोलालले नामिबियालाई हरायो ।

एडेमोला लुकमनको दुई गोलमा नाइजेरियाले क्यामरुनलाई शनिबार २–० ले पराजित गर्दै अफ्रिका कप अफ नेसन्सको क्वार्टरफाइनल यात्रा तय गरेको छ । एटलान्टाका फरवार्ड लुकमनले प्रत्येक हाफमा गोल गरे ।

क्यामरुनका लागि यो नतिजा निराशाजक रह्यो । क्यामरुन पछिल्लो विश्वकपमा पनि लिग चरणबाटै बाहिरिएको थियो । अब नाइजेरियाले अन्तिम आठमा एंगोलाको सामना गर्नेछ ।

एंगोलाले यसअघि नामिबियालाई सजिलै ३–० ले पराजित गर्दै क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको थियो । एंगोलाका लागि गेल्सन डालाले दुई गोल गरे । खेलको अन्त्यमा दुवै टिम दसरदस खेलाडीमा सीमित रहेको थियो ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]