अफ्रिका कप अफ नेसन्समा सेनेगलको सहज जित, रोकियो अल्जेरीया

16 Jan, 2024

डिफेन्डिङ च्याम्पियन सेनेगलले अफ्रिका कप अफ नेसन्समा विजयी सुरुआत गरेको छ। सोमबार राति भएको खेलमा खेलमा सेनेगलले गाम्बियामाथि ३–०को सहज जित निकाल्यो।

खेलको चौथो मिनेटमा पेप गुएयेको गोलले अग्रता लिएको सेनेगलका लागि लामिने कमाराले दोस्रो हाफमा दुई गोल थपे। गाम्बिया खेलको अन्त्यमा दस खेलाडीमा सीमित रहेको थियो। एबोउ एडम्सलाई रातो कार्ड देखाइएको हो।

यसै समूहको अर्को खेलमा पूर्वविजेता क्यामरुनले गुएनासँग १–१ को बराबरी खेल्यो। यस्तै समूह ‘डी’ मा अल्जेरिया र एन्गोलाबीचको खेल पनि १–१ को बराबरीमा समाप्त भयो ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]