सेनेगलको लगातार तेस्रो जित, महारेजको अल्जेरिया बाहिरियो

24 Jan, 2024

डिफेन्डिङ च्याम्पियन सेनेगलले लिग चरणका तीनै खेल लगातार जित्ने क्रममा मंगलबार गिनियालाई २–० ले हराएको छ।

हारका बाबजुद गिनिया समूह ‘सी’ बाट तेस्रो स्थानमा रहेर अन्तिम १६ पुग्न सफल रह्यो। सेनेगल भने यसअघि नै नकआउट चरण पुगिसकेको छ।

उसका लागि एबडोलाये सेक र इलिमन एनडडियेले एक एक गोल गरे। यसै समूहको अर्को खेलमा क्यामरुनले गाम्बियालाई ३–२ ले हरायो र चार अंकसहित दोस्रो स्थानमा रह्यो। समूह ‘डी’ मो भने अल्जेरिया मउरिटानियाको हातबाट १–० ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो।

अल्जेरिया दुई अंकमै सीमित रह्यो र अन्तिम स्थानमा रह्यो। समूह विजेता बन्न एन्गोलाले बुर्किना फासोलाई २–० ले हरायो। एन्गोला सात अंकसहित समूहको शीर्षमा रह्यो भने बुर्किना फासो चार अंकसहित दोस्रो स्थानमा छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]