बालगोपाल साहुखल बने यू–१९ महिला फुटबल टिमको प्रशिक्षक

3 Jan, 2024

अखिल नेपाल फुटबल संघ (एन्फा)ले यू–१९ महिला फुटबल टिमको मुख्य प्रशिक्षकमा बालगोपाल साहुखललाई नियुक्त गरेको छ।

एन्फाले आसन्न साफ च्याम्पियनसिपका लागि साहुखललाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो।

साहुखलले ए डिभिजन लिगमा च्यासल युथ क्लबको प्रशिक्षकका रुपमा काम गरिसकेका छन्।

यस्तै, एन्फाले गंगा गुरुङ र श्यामसुन्दर सिंहलाई सहायक प्रशिक्षक नियुक्त गरेको गरेको छ। शैलेश कर्मचार्य गोलकिपर प्रशिक्षकको जिम्मा दिएको छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]