केनको निर्णायक गोलमा बुन्डेस लिगाम बायर्नको जित

21 Dec, 2023

इंग्लिस स्ट्राइकर ह्यारी कनेको निर्णायक गोल मद्दतमा बन्डेस लिगामा बायर्न म्युनिख विजयी भएको छ। बुधबार राति भएको खेलमा केनको गोल मद्दतमा बार्यनले वुल्भ्सवर्गमाथि २–१को जित निकाल्यो।

खेलमा ३३औं मिनेटमा जमाल मुसियालाको गोलमा बायर्नले सुरुआती अग्रता लियो। ४३औं मिनेटमा केनले बायर्नको अग्रता दोब्बर बनाए। यसै सिजन बायर्न आएको केनको बुन्डेस लिगाको २१औं गोल हो।

पहिलो हाफको इन्जुरी समयमा वुल्भ्सवर्गले गोल फर्काउँदै बायर्नमाथि दबाब बनाएको थियो। उसका म्याक्सिमिलियान आर्नोल्डले गोल गरेका थिए। त्यसपछि गोल नहुँदा बार्यन विजयी भयो।

यो जितसँगै बायर्न ३८ अंकसहित दोस्रो स्थानमा छ। एक खेल बढी खलेको शीर्ष स्थानको बायर लेभरकुसन भन्दा ३ अंकलेमात्र पछि छ। वुल्भ्सवर्ग भने १९अंकसहित १०औं स्थानमा छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]