डे रोसी बने रोमाको प्रशिक्षक

16 Jan, 2024

इटालियन क्लब रोमा आफ्ना लेजेन्ड खेलाडी ड्यानियल डे रोसीलाई मुख्य प्रशिक्षक बनाएको छ।

रोमाले जोसे माउरिन्होलाई बर्खास्त गरेको केही समयमा आफ्ना पूर्वखेलाडीलाई मुख्य प्रशिक्षकका रुपमा नियुक्त गरेको हो।

४० वर्षीय डे रोसीलाई रोमाले यो सिजनभरीका लागि मुख्य प्रशिक्षक बनाएको हो। अर्को सिजन सम्झौता नवीकरण गर्ने सुविधा रोमाले रोसीलाई दिएको छ।

रोसीसँग प्रशिक्षकको अनुभव भने त्यति छैन। उनीसँग इटालियन क्लक स्पालमा १ सिजन काम गरेको अनुभव मात्र छ। उनले सन् २०२२ को अक्टोबरदेखि २०२३को फेब्रुअरीसम्म स्पालमा काम गरेका थिए।

खेलाडीका रुपमा रोसीले रोमामा १८ वर्ष बिताएका छन्। उनले रोमाका लागि ६१६ खेल खेल्दै ६३ गोल गरेका छन्।

यो सिजन खराब प्रदर्शन गरिरहेको रोमाले माउरिन्होलाई बर्खास्त गरेको थियो। यो सिजन सिरि एमा २० खेलमा ८ खेल मात्र जितेको रोमा २९ अंकसहित नवौं स्थानमा छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]