सलाह घाइते भएको खेलमा घानासँग रोकियो इजिप्ट

19 Jan, 2024

स्टार स्ट्राइकर मोहम्मद सलाह घाइते भएको खेलमा इजिप्टले अफ्रिकी कप अफ नेसन्समा बराबरी खेलेको छ।

बिहीबार राति आइभोरी कोस्टको ले फेलिसिया स्टेडियममा भएको खेलमा इजिप्टले घानासँग २–२ गोलको बराबरी खेलेको हो।

समूह चरणको दोस्रो खेलमा इजिप्ट आफ्नो मुख्य खेलाडी मोहम्मद सलाहविना मैदान उत्रिएको थियो। सलाह चोटग्रस्त भएका कारण मैदानबाहिर छन्।

पहिलो हाफको इन्ज्युरी समया घानाका मोहम्मद कुदुजसले गोल गरेका थिए। दोस्रो हाफमा ६९ औं मिनेटमा ओमार मार्माउशले गोल गर्दै इजिप्टलाई बराबरीमा पुर्‍याएका थिए।

७१औं मिनेटमा घानाका कुदुज र ७४औं मिनेटमा इजिप्टका मुस्ताफा मोहम्मदले गोल गर्दा खेल पुनः बराबरीको स्थितिमा पुगेको थियो।

समूह चरणको दुवै खेल बराबरी खेलेर इजिप्टले २ अंक जोडेर अंक तालिकाको दोस्रो स्थानमा छ। घाना १ अंकका साथ पुछारमा छ। पहिलो स्थानमा केप भर्डे र तेस्रो स्थानमा मोजाम्बिक छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]