विश्वकपका व्यक्तिगत अवार्डमा पनि अर्जेन्टिना हाबी, मार्टिनेजलाई गोल्डेन ग्लोभ्स, फर्नान्डेज उत्कृष्ट युवा खेलाडी

Read Time:1 Minute

विश्वकप २०२२ मा फ्रान्सलाई पराजित गर्दै अर्जेन्टिना तेस्रोपटक विश्व च्याम्पियन बन्न सफल भएको छ। विश्वकपको ट्रफीमात्र नभएर व्यक्तिगत अवार्डमा पनि अर्जेन्टिनाकै खेलाडीले बर्चस्व जमाएका छन्।

अर्जेन्टिनाका एमिलियानो मार्टिनेजले प्रतियोगिताको उत्कृष्ट गोलकिपर बन्दै गोल्डेन ग्लोभ्स अवार्ड जित्न सफल भएका छन्। उनले फ्रान्सविरुद्धको पेनाल्टी सुटआउटमा एउटा पेनाल्टी जोगाएका थिए भने क्वार्टरफाइनलमा नेदरल्यान्ड्सको पनि एउटा पेनाल्टी प्रहार विफल बनाएका थिए।

यस्तै, अर्जेन्टिनाकै एन्जो फर्नान्डेजले उत्कृष्ट युवा खेलाडीको अवार्ड जित्न सफल भएका छन्। २१ वर्षिय मिडफिल्डर एन्जो फर्नान्डेजले मेक्सिकोविरुद्ध एक गोल गरेका थिए।

गोलभन्दा पनि उनले मिडफिल्डबाट बल र खेल कन्ट्रोल गर्दै अर्जेन्टिनाको विश्व च्याम्पियन बन्ने यात्रामा महत्वपूर्ण भमिका खेलेका थिए।

यसैगरि, लियोनल मेसीले प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बन्दै गोल्डेन बल जित्न सफल भएका थिए। यस सम्बन्धि थप समाचार पढ्न यहाँ क्लिक गर्नुहोस्।

Happy
Happy
67 %
Sad
Sad
7 %
Excited
Excited
10 %
Sleepy
Sleepy
1 %
Angry
Angry
8 %
Surprise
Surprise
8 %
Previous post फाइनलमा ह्याट्रिक गर्दै एम्बाप्पेले जिते गोल्डेन बुट
Next post विश्वकपमा मेसीका रेकर्डै रेकर्ड
Close