सिरि एमा इन्टरलाई शीर्ष स्थानमा ५ अंकको अग्रता

7 Jan, 2024

इटालियन सिरी ए फुटबलमा शीर्ष स्थानको इन्टर मिलानले ५ अंकको अग्रता बनाएको छ । शनिबार भएको खेलमा भेरोनलाई २–१ गोल अन्तरले पराजित गरेपछि ३ अंक थप्दै दोस्रो स्थानमा रहेको युभेन्टसलाई ५ अंकले पछि पारेको हो।

इन्टरको १९ खेलबाट ४८ अंक भएको छ भने एक खेल कम खेलेको युभेन्टसको ४३ अंक छ। भेरोना १९ खेलबाट १४ अंकका साथ तालिकाको १८ औं स्थानमा छ।

घरेलु मैदानमा इन्टरलाई जताउनका लाउतारो मार्टिनेज र डेभिड फ्राटेसीले एक एक गोल गरेका थिए। भेरोनाका लागि थोमस हेनरीले एक गोल फर्काए।

१३ ओं मिनेटमा हेनरिक मिखितरियनको पासमा मार्टिनेजले गोल गर्दै अग्रता दिलाए। ७४ औं मिनेटमा ओनडरेज डुडाको पासमा भेरोनाका हेनरीले गोल फर्काएपछि खेल बराबरीमा आएको थियो।

तर, दोस्रो हाफको अतिरिक्त तेस्रो मिनेटमा फ्राटेसीले गोल गर्दै २–१ ले अघि बढाए। अतिरिक्त समयको पाँचौं मिनेटमा भेरोना १० खेलाडीमा समेटियो। भेरोनाका डारको लाजोभिक रातो कार्ड पाउँदै मैदान छाडेका थिए।

१० खेलाडीमा समेटिए पनि अतिरिक्त समयको १०औं मिनेटमा भेरोनाले पेनाल्टी पाउँदा गोल गर्न असफल भयो । भेरोनाका एम डुजरिकले गरेको प्रहार विफल हुँदा अन्ततः इन्टर मिलान २–१ गोलले विजयी भयो।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]