डर्टमन्ड फर्किए सान्चो

12 Jan, 2024

इंग्लिस विंगर जाडोन सान्चो जर्मन क्लब बोरुसिया डर्टमन्ड फर्किएका छन्।

२३ वर्षीय सान्चो प्रिमियर लिग क्लब म्यान्चेस्टर युनायटेडबाट २ वर्षपछि डर्टमन्ड फर्किएका हुन्।

उनी सन् २०२१ मा ७३ मिलियन पाउण्डमा डर्टमन्डबाट युनाइटेड आएका थिए। तर, युनाइटेडमा प्रभाव जमाउन असफल भएपछि उनी लोनमा डर्टमन्ड फर्किएका हुन्।

युनाइटेडबाट ८२ खेल खेल्दै उनले १२ गोल मात्र गरेका छन्। पछिल्लो समय पशिक्षक एरिक टेन ह्यागसँग सम्बन्ध बिग्रिएपछि सान्चो टिममा स्थान बनाउन असफल थिए।

आफ्ना स्टार खेलाडीलाई टिमका फर्काएपछि डर्टमन्डले सान्चोलाई १० नम्बरको जर्सी दिएको छ।

सान्चोले पनि आफूलाई घर फर्किएको अनुभव भएको उल्लेख गरेका छन्। उनले टिमका साथीहरुसँग खेल्न, उनीहरुलाई पास दिन र टिमका लागि गोल गर्न आफू आतूर रहेको बताएका छन्।

४ सिजन डर्टमन्डमा बिताउँदा उनले १३७ खेल खेल्दै ५० गोल गरेका छन्।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]