सेभियालाई हराउँदै एट्लेटिको तेस्रो स्थानमा उक्लियो

24 Dec, 2023

स्पेनिस ला लिगमा एट्लेटिको मड्रिड तेस्रो स्थानमा उक्लिएको छ। शनिबार राति भएको खेलमा सेभियालाई १–०ले हराउँदै एट्लेटिको बार्सिलोनालाई पछि पार्दै तेस्रो स्थानमा उक्लिएको छ।

घरेलु मैदानमा १० खेलाडीमा सीमित एट्लेटिकोलाई जित दिलाउन मार्कस लोरन्टेले गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको पहिलो मिनेटमै लोरन्टेले घरेलु टोलीलाई अग्रता दिलाएका थिए।

७०औं मिनेटमा एट्लेटिको १० खेलाडीमा समेटियो। उसका डिफेन्डर काग्लर सोयन्सुले मैदान प्रवेश गरेको ४ मिनेटमै रातो कार्ड पाएका थिए। उनी ६६औं मिनेटमा कोकेको स्थानमा मैदान छिरेका थिए। तर, त्यसको फाइदा सेभियाले उठाउन सकेन।

जितपछि एट्लेटिकोको १८ खेलमा ३८ अंक भएको छ। समान खेलबाट बार्सिलोनाको ३८ अंक नै भएपनि ऊ गोलअन्तरमा पछि पर्दै चौथो स्थानमा झरेको छ। रियल मड्रिड ४५ अंकसहित शीर्ष स्थानमा रहँदा ४५ अंक नै जोडेको जिरोना दोस्रो स्थानमा छ। सेभिया भने १६ अंकसहित १५औं स्थानमा छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]