लिभरपुल शीर्ष स्थानमा उक्लियो, न्युकासल पराजित

27 Dec, 2023

लिभरपुल इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ। मंगलबार राति भएको खेलमा बर्नलीलाई २–०ले हराउँदै लिभरपुल शीर्ष स्थानमा उक्लिएको हो।

लिभरपुललाई जित दिलाउन डार्विन नुनेज र डिएगो जोटाले गोल गरे। दुवै हाफमा समान १ गोल भएको थियो।

खेलको छैटौँ मिनेटमै नुनेजको गोलमा लिभरपुलले सुरुआती अग्रता लियो। खेलको पहिलो हाफ १–०मै सकियो। दोस्रो हाफको अन्तिम मिनेटमा जोटाले गोल गर्दै लिभरपुललाई २–०को जित दिलाए।

यो जितसँगै लिभरपुल १९ खेलमा ४२ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको हो। एक खेल कम खेलेको अर्सनज ४० अंकसहित दोस्रो स्थानमा छ। बर्ननीले भने ११ अंकका साथ १९औं स्थानमा छ।

यस्तै, मंगलबार राति नै भएको खेलमा न्युकासल भने पराजित भएको छ। ऊ नटिङ्हम फरेस्टसँग ३–१ले पराजित भयो। न्युकासलेका लागतार दोस्रो हार हो।

खेलमा नटिङ्हमका लागि क्रिस उडले ह्याट्रिक गरे। उनले पहिलो हाफको इन्जुरी समय, ५३औं र ६०औं मिनेटमा गोल गरेका थिए भने न्युकासलका लािग २३औं मिनेटमा अलेसान्डर इसाकले पेनाल्टीमा गोल गरेका थिए।

न्युकासल २० अंकसहित आठौं स्थानमाछ भने नटिङ्हम १७ अंकसहित १६औं स्थानमा उक्लिएको छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]