घरेलु मैदानमा रोकियो सिटी, उपाधि होडमा धक्का

17 Dec, 2023

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी २ गोलको अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिएको छ। शनिबार राति भएको खेलमा सिटीले क्रिष्टल प्यालेससँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो।

२४औं मिनेटमा ज्याक ग्रिलिसले गोलमा सिसीले अग्रता लिएको थियो। उनले फिल फोडेनको पासमा गोल गरेका हुन्। ५४औं मिनेटमा रिको लेविसले गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए।

तर, ७६औं मिनेटमा काउन्टरमा क्रिष्टल प्यालेस गोल गर्दै खेलमा फर्कियो। उसका लागि जिन फिलिपे माटेटाले गोल गरेका थिए। दोस्रो हाफको इन्जुरी समयको पाँचौं मिनेटमा क्रिस्टल प्यालेसले बराबरी गोल फर्कायो। प्राप्त पेनाल्टीमा मिचेल ओलिसेले गोल गरे।

बराबरीसँगै सिटीको लगातादो चौथो पटक उपाधि जित्ने अभियानमा धक्का लागेको छ। सिटीले पछिल्लो मध्ये ५ खेलमा अंक गुमाएको छ। उसले ४ बराबरी र १ हारको सामाना गरेको छ।

यो नतिजापछि सिटी १७ खेलमा ३४ अंकसहित तालिकाको चौथो स्थानामा छ भने क्रिष्टल १७ खेलबाट १७ अंकसहित १५ औं स्थानमा छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]