अफ्रिका कप अफ नेसन्समा कंगोसँग रोकियो मोरक्कोको

22 Jan, 2024

मोरक्कोले अफ्रिका कप अफ नेसन्समा बराबरीमा रोकिएको छ। आइतबार राति भएको खेलमा मोरक्को कंगोसँग १–१ को बराबरीमा रोकिएको हो।

हकिम जियचको कर्नरमा अच्रफ हकिमीले छैटौं मिनेटमै मोरक्कोलाई अग्रता दिलाए। पहिलो हाफमा कंगो पेनाल्टीमा असफल हुँदा मोरक्को भाग्यमानी साबित भयो । ७६ औँ मिनेटमा कंगोका सिलासले बराबरी गोल गरेपछि मोरक्को बराबरीमा रोकियो।

समूह ‘एफ’ मा ४ अंकसहित मोरक्को शीर्ष स्थानमा छ। कंगो र जाम्बियाको समान २ अंक छ। तानिजनियाको भने १ अंक मात्र छ।

समूह ‘ई’ मा भने दक्षिण अफ्रिकाले नामिबियालाई ४–० ले हरायो र तीन अंकमा समूहको दोस्रो स्थानमा उक्लिन सफल रह्यो । यो समूहमा माली चार अंकमा शीर्षमा रहेको छ। नामिबियाको पनि तीन अंक छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]