वीरगञ्जलाई हराउँदै पोखरा दोस्रो स्थानमा उक्लियो

16 Dec, 2023

पोखरा थन्डर्स नेपाल सुपर लिगको दोस्रो स्थानमा उक्लिएको छ। शनिबार दशरथ रंगशालामा भएको खेलमा वीरगञ्ज युनाइटेडलाई २–१ले हराउँदै पोखरा दोस्रो स्थानमा उक्लिएको हो।

पोखरालाई जिताउन जोए आइडु र स्टेफेन कोजो एनोरले गोल गरे भने वीरगञ्जका अकिन्स के बाफोउरले गोल गरे।

जोए आइडुले खेलको छैटौं मिनेटमा पोखरालाई सुरुआती अग्रता दिलाए। त्यसको ५ मिनेट पछि नै वीरगञ्जले बराबरी गोल फर्कायो । सुशील लामाको प्रहार गरेको फ्रिकिकमा अकिन्स के बाफोउरले हेड मार्फत गोल गर्दै खेल बराबरीमा ल्याए।

तर पहिलो हाफको अन्त्यतिर स्टेफेन कोजो एनोरको क्रसमा मोसेस ग्याबाहले हेड गोल गर्दै पोखरालाई २–१ को अग्रता दिलाए। त्यसपछि गोल नहुँदा पोखरा विजयी भयो।

जितपछि ६ खेलबाट ११ अंक जोडेर पोखरा दोस्रो स्थानमा उक्लेको छ। एक खेल कम खेलेको धनगढीसँग अंक समान भएपनि पोखरा दोस्रो स्थनामा छ।

यो हारसँगै वीरगञ्ज प्लेअफ पुग्ने सम्भावना लगभग सकिएको छ। ऊ ६ खेलबाट ५ अंकसहित आठौं स्थानमै यथावत छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]