राष्ट्रिय टिममा सूर्य र रिजनको डेब्यू, नेपाल ब्याटिङमा

8 Feb, 2024

स्पिनर सूर्य तामाङ र मिडियम पेसर रिजन ढकालले राष्ट्रिय टिममा डेब्यू गरेको छ। किर्तिपुरस्थित टियू मैदानमा जारी क्यानडाविरुद्धको एकदिवसीजको पहिलो खेलमा सूर्य र रिजनले डेब्यूको अवसर पाएका हुन्।

गत हप्तासम्पन्न एकदिवसीय प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेपछि दुवै राष्ट्रिय टिममा स्थान बनाएका थिए। प्लेअफ अफदी सिरिज समेत बनेका सूर्यले कुल ३० विकेट लिएका थिए भने रिजनले १९ विकेट लिएका थिए। यो प्रतियोगितामा फास्ट बलरले लिएको सर्वाधिक विकेट हो। सूर्य यसअघि नै टिममा रहे पनि डेब्यूको अवसर पाएका थिएनन् भने सिरजन पहिलो पटक टिममा परेका हुन्।

नेपालले क्यानडासँगको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ। ताजा अवस्थामा नेपालले २४ ओभरमा ११२ रन बनाउँदा ४ विकेट गुमाएको छ।

रोहित पौडेलको कप्तानीमा रहेको नेपाली टोलीमा कुशल भुर्तेल, आसिफ शेख, भिम सार्की, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, सोमपाल कामी, ललित राजवंशी, सूर्य तामाङ, रिजन ढकाल रहेका छन्।

नेपालबाट पवन सर्राफले पुनरागमन गरिरहेका छन् । उनले २०२२ को जुलाई यता पहिलो खेल खेलिरहेका छन्।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]