कोशीलाई हराउँदै सुदूरपश्चिम दोस्रो स्थानमा, कोशीको यात्रा कायमै

24 Jan, 2024

प्रधानमन्त्री कप एदिवसीय क्रिकेटमा सुदूरपश्चिम प्रदेश विजयी भएको छ। बुधबार भएको खेलमा सुदूरपपिश्चम प्रदेशले कोशी प्रदेशलाई ८ विकेटले हरायो।

यो जितसँगै सुदूरपश्चिमको फाइलन सम्भावना बाँकी नै छ। ५ खेलमा ८ अंकसहित सुदूरपश्चिम दोस्रो स्थानमा उक्लिएको छ। यता, कोशीको भने यो लागतार आठौं खेल हो।

जितको लागि १२४ रनको मध्यम लक्ष्य पछ्याएको सुदूरले २१.१ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो। सुदूरको जितमा नरेन भट्ट ४९ बलमा ७ चौकासहित ५४ रनमा नट आउट रहे।

प्रकाश पाण्डे ४२ बलमा १ चौकासहित ३४ रनमा नट आउट रहे। राजु रिजाल २१ र खडक बोहरा ९ रन बनाए। कोशीका फिर्दोस अन्सारीले २ विकेट लिए।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको कोशी ३२ ओभरमा १२३ रनमा अल आउट भएको थियो।

कोशीका मिनाष थापाले ३७ बलमा ५ चौकासहित सर्वाधिक २६ रन बनाएका थिए। कप्तान अंकित सुवेदी २७ बलमा ३ चौकासहित २२ रन बनाए।

सुदूरका शेर मल्लले ६ ओभरमा १ मेडनसहित २८ रन खर्चेर ५ विकेट लिए। विकाश आग्रीले ७ ओभरमा १ मेडनसहित ९ रन खर्चेर ४ विकेट लिए।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]