साहब आलमले लिए ६ विकेट,आर्मीविरुद्ध कोशी ८८ रनमै अलआउट

18 Jan, 2024

कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा आफ्नो खराब ब्याटिङलाई निरन्तरता दिएको छ।

मुलपानी क्रिकेट मैदानमा जारी खेलमा साहब आलमले ६ विकेट लिएपछि आमीविरुद्ध पहिला ब्याटिङ गरेको कोशी ८८ रनमै अलआउट भयो।

कोशी कप्तान अंकित सुवेदीले ४१ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्। उनले ३७ बलमा ९ चौका प्रहार गरे। उसका ५ ब्याट्सम्यान डक आउट भएका थिए।

घातक बलिङ गरेका साहबले ६.४ ओभरमा ३ मेडनसहित १४ रन खर्चेर ६ विकेट लिए। यस्तै, कुशल मल्लले २ तथा सोमपाल कामी र विवेक यादवले समान १ विकेट लिए।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]