पिएम कपमा मधेशको तेस्रो जित, प्लेअफ आशा कायमै

20 Jan, 2024

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेस प्रदेशले तेस्रो जित निकालेको छ।

टियु क्रिकेट मैदानमा शनिबार भएको खेलमा मधेशले कर्णालीलाई ६१ रनले पराजित गरेको हो। जितका लागि २३२ रनको लक्ष्य पछ्याएको कर्णाली ४१ दशमलव १ ओभर खेल्दा १ सय ७० रनमा समेटियो।

कणालीका लागि अर्जुन घर्तिले अधशतकिय पारी खेल्दै ५८ रन बनाए। मधेशका राजेश यादवले तीन विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको मधेशले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३१ रन जोड्यो। मधेशका लागि कप्तान हरिशंकर शाह र मयन यादवले समान ५०–५० रन बनाए। कर्णालीका दीपेन्द्र रावतले ४ विकेट लिए।

५ खेलमा ३ जित निकालेको मधेश प्रदेश तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। पराजित भएको कर्णाली प्रदेश ४ अंकका साथ तालिकाको सातौं स्थानमा रहेको छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]