पिएम कप महिला क्रिकेट : गण्डकीमाथि कोशीको सहज जित

27 Dec, 2023

काठमाडौंमा जारी प्रधानमन्त्री कप महिला क्रिकेटमा कोशी प्रदेशले चौथो जित निकालेको छ। बुधबार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा कोशीले गण्डकी प्रदेशलाई ५५ रनले हरायो।

पहिला ब्याटिङ गर्दै कोशीले दिएको १०४ रनको लक्ष्य पछ्याएको गण्डकी १५ ओभरमा ५५ रनमै लआउट भयो। उसका लागि सुमन खतिवाडाले २० बलमा ३ चौका प्रहार गर्दैै सर्वाधिक २१ रन बनाइन्। अन्य कुनैपनि ब्याट्सम्यानले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।

गण्डकीलाई सस्तैमा समेट्ने क्रममा कोशीका कप्तान रुविना क्षेत्रीले १ ओभरमा मेडनसहित ३ विकेट लिइन भने संगीता राई र एलिसा खडियाले समान २ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको कोशीले ८ विकेटको क्षतिमा १०३ रन बनायो। उसका लागि बिमला मलाहाले सर्वाधिक २५ रन बनाउँदा सानु राजवंशीले २३ र लकिता राजवंशीले २२ रन बनाइन्।

गण्डकीका कुशुम गोदार र सृष्टी जैसीले समान २ विकेट लिए।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]