सन्दीपको मुद्दाको बहस सकियो, आजै फैसला आउने

29 Dec, 2023

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा बहस सकिएको छ। आइतबारदेखि लगातार सुनुवाई भएपछि शुक्रबार साँझ बहस सकिएको हो।

जिल्ला अदालत, काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासमा पीडित गौशला २६ आफैं उपस्थित भएर आफ्ना धारणा राखेकी थिइन् । इजलाशमा ३ मिनेट बोलेकी उनले केही अघि सन्दीपलाई धम्कीपूर्ण म्यासेज गरेको स्वीकार गरेकी छिन्।

सन्दीपको मुद्दा बहस सकिएसँगै आजै फैसला आउने बताइएको छ। यो मुद्दालाई अधिकांशले चासोका साथ हेरेका छन्।

आजै फैसला आउने भएपछि जिल्ला अदालत क्षेत्रमा ठूलो संख्यमा प्रहरी तैनाथ गरिएको छ।

१६ महिनाअघि क्रिकेटर सन्दीप लामिछानेमाथि नाबालिकामाथि बलात्कार गरेको आरोपमा मुद्दा चलेको थियो। यो मुद्दामा पटक पटक सुनुवाइ र अदालतबाट विभिन्न कागजात झिकाउने आदेश भइसकेको थियो।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]