भारतसँग पराजित हुँदै यू–१९ महिला साफबाट नेपाल बाहिरियो

6 Feb, 2024

नेपाल यू–१९ महिला साफ च्याम्पियनबाट बाहिरिएको छ।

बंगालादशेमा मंगलबार भएको लिगको अन्तिम खेलमा भारतसँग ४–०ले पराजित भएसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो। यता, भारत भने फाइनलमा पुगेको छ।

नेपाल यसअघि आयोजक बंगलादेशसँग ३–१ले पराजित भएको थियो भने भुटानलाई १–०ले हराएको थियो। भारतले भने भुटानलाई १०–० र बंगलादेशलाई १–०ले हराएको थियो।

नेपालललाई भारतलाई पहिलो हाफमा गोलरहित बराबरीमा रोकेको थियो, तर दोस्रो हाफमा भने ४ गोल खान पुगेको थियो। भारतका लागि नेहाले दुई तथा सुलन्जना राहुल र सिन्डी कोल्नीले एक एक गोल गरे।

अब भारतले उपाधिका लागि आयोजक बंगलादेशसँग खेल्ने छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]