अनु र नवीनको ओलम्पिक तयारी स्थगित

जापानमा अर्को वर्ष आयोजना हुने टोकियो ओलम्पिकको तयारी गरिरहेका नेपाली कराते खेलाडीको प्रशिक्षण स्थगित भएको छ । कोरोना भाइरसको संक्रमण झन् बढ्दै गएपछि मंगलबारदेखि खेलाडीको प्रशिक्षण स्थगित भएको हो ।

१३औं सागका स्वर्ण पदक विजेता अनु अधिकारी र नवीन रसाइलीले ओलम्पिकका लागि तयारी गरिरहेका थिए । प्रशिक्षक दीपक श्रेष्ठले मंगलवार एक विज्ञप्ति निकाल्दै प्रशिक्षण स्थगित भएको जानकारी दिए ।

करातेका प्रशिक्षक दीपक श्रेष्ठले एक विज्ञप्ति निकाल्दै एक साताको लागि प्रशिक्षण बन्द गरिएको जनाएका छन् । श्रेष्ठले पछिल्लो समय काठमाडौंमा कोरोना संक्रमण बढिहेको र खेल क्षेत्रमा पनि कोरोना देखिएको भन्दै सबै नागरिक सचेत रहनु पर्ने भएकोले नेपाल सरकारको निर्देशन पालना गर्दै प्रशिक्षण बन्द गरेको बताए ।

‘केही दिन अगाडिमात्रै खेल क्षेत्रका व्यक्तिलाई पनि संक्रमण भएको खबर आएको हुँदा केही समय हामी खेलक्षेत्र मात्र नभइ सबै नागरिक सचेत रहनुपर्ने अवस्थाले गर्दा र नेपाल सरकारको निर्देशनलाई पालना गर्दै सातदोबाटो कराते एकेडेमीमा प्रशिक्षणरत टोकियो ओलम्पिकमा रहेका कराँते खेलाडीहरुको प्रशिक्षण केही दिनका लागि बन्द गरिएको जानकारी गराउदछु,’ श्रेष्ठले विज्ञप्तिमा भनेका छन् ।

लकडाउन हुनुअघि नै अनु र नवीनले ओलम्पिक लक्षित प्रशिक्षण सुरु गरेका थिए । लकडाउनका कारण रोकिएको प्रशिक्षण अनु र नवीनले मौखित स्वीकृति लिएर असार ७ गतेबाट सुरु गरेका थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.