विभिशा श्रेष्ठ पहिलो व्यवसायिक नेपाली महिला बक्सर बनेकी छन्। थाइल्यान्डमा भएको हाइल्यान्ड प्रमोशन बक्सिङ खेलेपछि उनी नेपालको पहिलो व्यसायिक महिला बक्सर बनेकी हुन्।
विभिशाले शनिबार आयोजित चार राउन्डको प्रोफेशनल बक्सिङ बाउटमा घरेलु खेलाडी डमोन्था थानीलाई हराइन्। यो एसियाको शीर्ष बक्सिङ प्रमोशन प्रतियोगिता मध्ये एक हो।
विभिशाले एबिसीको नियम अनुसार एटओजेड ग्लोभ्स र हेड गियर बिना चार राउन्ड प्रतिस्पर्धा गरेकी थिइन्।
हाइल्यान्ड प्रमोशन डब्ल्युबिसी, डब्ल्युबिए, एबिएफ र डब्ल्युओबीको मान्यता प्राप्त प्रतियोगिता हो।