जुडोबाट १९ औं एसियाली खेलकुदका लागि ८ खेलाडी छनोट गरिएको छ। नेपाल जुडो संघले बुधबार बहुउद्देश्यीय मार्सल आर्ट्स केन्द्रमा आयोजना गरेको छनोट प्रतिस्पर्धाबाट पुरुष र महिलामा समान ४ खेलाडीको अन्तिम छनोट गरेको हो।
पुरुष ६० केजीमुनि लुम्बिनी प्रदेशका विकास बिक, ६६ केजीमुनि पुलिसका इन्द्रबहादुर श्रेष्ठ, ८१ केजीमुनि आर्मीका जंगबहादुर सारु र १०० केजीमाथि आर्मीकै रन्जेश गोले छनोट भए।
महिला ५२ केजीमाथि वाग्मती प्रदेशकी देवकीमाया श्रेष्ठ, ५७ केजीमुनि पुलिसकी मनिता श्रेष्ठ प्रधान, ७० केजीमुनि पुनम श्रेष्ठ र ७८ केजीमाथि आकृति श्रेष्ठले एसियाड सहभागिता निश्चित गरे।
इन्द्र र देवकी दाजुबहिनी हुन् । इन्द्र, देवकी र मनिता बन्दी सहायता नियोग ९पाम० बाट उत्पादित जुडो खेलाडी हुन्।