राष्ट्रिय फुल कन्ट्याक्ट अर्को साता

Read Time:1 Minute

नेपाल क्योकुसिन कराते डो संघ वज्रको आयोजनामा १७ औं राष्ट्रिय पुरुष तौलसमूह तथा १६ औं राष्ट्रिय महिला खुला फुल कन्ट्याक्ट कराते प्रतियोगिता पुस ११ गतेदेखि हुने भएको छ ।

प्रतियोगिताको पुरुषमा ३ र महिलामा १ गरी जम्मा ४ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक संघका उपाध्यक्ष पुष्प मानन्धरले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सातै प्रदेशबाट ८० पुरुष र ३५ महिला खेलाडीको सहभागिता रहने छ । सबै विधामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीलाई नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाण पत्र प्रदान गरिने छ ।

आयोजक संघका अध्यक्ष जगतप्रसाद गौचनले सबै मार्सल आर्टको प्रबल पक्षलाई समेटेर वज्रको प्रतिपादन गरिएको बताउदै प्रतिभाशाली खेलाडीलाई संघले आफ्नै खर्चमा बन्द शिविरमा राख्ने र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउने योजना रहेको बताए ।

आयोजकका अनुसार दुईदिने प्रतियोगिता सञ्चालन गर्न करिब १७ लाख रुपैयाँ खर्च हुने छ । खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा खेलाइने छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post अक्सब्रिज थ्री बाइ थ्री ब्वाइज बास्केटबल : गोल्डेनगेट र अक्सब्रिज सेमीफाइनलमा
Next post मेयर कप तेक्वान्दोमा काठमाडौं महानगर च्याम्पियन
Close