जर्मनीमा मन्देकाजीले नेपाललाई दिलाए २ स्वर्ण

नेपाली कराते खेलाडी मन्दकाजी श्रेष्ठले जमर्नीमा आयोजना भएको चिम्निज ओपन अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा २ स्वार्ण जितेका छन्। मन्देकाजीले सिनियर एकल काता र ३० वर्षमाथिको उमेर समूहको एकल कातामा स्वर्ण जितेका हुन्।

मन्देकाजीको दुई स्वर्णसहित नेपालले प्रतियोगितामा ४ स्वर्ण पदक र २ कास्य पदक जितेको छ। मन्देकाजीसँगै मुकुन्द महर्जन र सुमन तिमल्सिना पनि स्वार्ण जितेका छन्।

मुकुन्द महर्जनले ३० वर्ष माथिको उमेर समूहमा स्वर्ण जिते भने ७५ केजी तौल समूहमा कास्य जिते। यस्तै सुमन तिमल्सिनाले आफ्नो उमेर समूहमा स्वर्ण जित्दा सिनियर एकल कातामा कास्य जिते।

प्रतियोगितामा जर्मनी, पोल्याण्ड, अष्ट्रिया, अजरबैजान, इरान, नेदरल्यान्ड्स, स्पेन, बेल्जियम लगायतका देशको सहभागिता रहेको थियो ।

Facebook Comments Box