राष्ट्रिय खुला पुम्से जेठ २८ र २९ मा हुने

Read Time:2 Minute

नेपाल तेक्वान्दो संघले पुम्से विधातर्फको खुला राष्ट्रिय प्रतियोगिता जेठ २८ र २९ गते आयोजना हुने भएको छ। सातदोवाटोस्थित तेक्वान्दो एकेडेमीको हलमा प्रतियोगिता आयोजना हुनेछ ।

ग्योरोगी विधातर्फको राष्ट्रिय प्रतियोगिता यसअघि नै आयोजना भएको हुनाले पुम्सेतर्फको प्रतियोगिता आयोजना गर्न लागिएको संघले शुक्रबार गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

दुई दिनको प्रतियोगितामा तीन विभागीय, प्रदेश तथा जिल्लका महिला र पुरुष गरी कूल ७४३ खेलाडीहरुले सहभागिता जनाउनेछन् । प्रतियोगिताका लागि ९ लाख अनुमानित बजेट लाग्ने आयोजकले जनाएको छ । प्रतियोगितामा १४ उमेरसमूह ९७ पुरुष र ७ महिला०मा प्रतिस्पर्धा हुनेछ ।

यस प्रतियोगिताले दक्षिण एशियाली खेल, एशियाली खेल लगायत विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताको लागि खेलाडीहरुको पहिचान गर्दै तयारी पक्षलाई द्रूत गतिमा संञ्चालन गर्ने तेक्वान्दो संघको योजना छ ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरु छनोट गरी राष्ट्रिय टिमको निर्माण तयारी प्रशिक्षण सुरु गर्ने संघले जनाएको छ । यस प्रतियोगितामा विजयी हुने र उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुको रेकर्ड राख्नका लागि संघले यस पटकदेखि खेलाडी र्‍याङ्किङ सिस्टम अघि ल्याएको जनाएको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post नेपाली क्रिकेट टिमले अस्ट्रेलिया भ्रमण गर्ने
Next post एम्बाप्पेको गोलमा फ्रान्स हारबाट जोगियो
Close