एसियन वक्सिङ च्याम्पियनसिपमा नेपालको सहभागिता

भारतको नयाँदिल्लीमा मे २१ देखि ३१ सम्म हुने एएसबिसी एसिया इलाइट महिला तथा पुरुष बक्सिङ प्रतियोगितामा नेपालले सहभागीता जनाउने भएको छ । एसियन बक्सिङ कन्फेडेरेशनअन्तर्गतको यो प्रतियोगिता एसियाकै सबैभन्दा ठुलो बक्सिङ प्रतियोगिता हो ।

अन्तर्राष्ट्रिय बक्सिङ संघ (एआईबिए)को तौल समुह अन्तर्गत रहेका महिला तथा पुरुषको छनोटका लागि वक्सिङका प्रमुख प्रशिक्षक प्रकाश थापामगरको संयोजकत्वमा ५ सदस्य छनोट समिति गठन गरिएको छ । १९ वर्ष देखि ४० वर्ष सम्मका खेलाडीहरु छनोट प्रक्रियामा सहभागि हुन पाउने नेपाल बक्सिङ संघले जनाएको छ ।

चैत्र २९–३१ गते सम्म सातदोबाटोस्थित बक्सिङ हलमा हुने खुला छनोट खेलमा सहभागिता जनाउनका लागि मातहतका जिल्ला बक्सिङ संघ,क्लब र बिभागीय टिमलाई तयारी थाल्न संघका प्रवक्ता श्यामकाजी अवाले जानकारी गराएका छन् ।

टोकियो ओलम्पिकको पूर्व सन्ध्यामा हुन गइरहेको यो प्रतियोगिताले सहभागी सबै राष्ट्रका लागि महत्वपूर्ण मानिएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.