पूर्वबक्सिङ खेलाडीशर्मालाई आर्थिक सहयोग

नेपाल बक्सिङ संघले पूर्वबक्सिङ खेलाडी ओमप्रकाश शर्माको उपचारका लागि आर्थिक सहयोग गरेको छ । बिहीबार संघका अध्यक्ष राम अवालेले शर्मालाई ७५ हजार १ सय ५ रुपैयाँ बराबरको चेक हस्तान्तरण गरे।

लामो समयदेखि उच्च रक्तचापबाट पीडित शर्मा एक महिना अघि प्यारालाइसिसबाट थलिएका थिए। पाँच पटकका राष्ट्रिय च्याम्पियन शर्माले २०३३ सालदेखि बक्सिङ खेल्न सुरु गरेका थिए । उनले भारतको मुम्बईमा भएको एसियन च्याम्पियनसिपलगायत विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि सहभागिता जनाएका थिए ।

अध्यक्ष अवालेले शर्माको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै मर्कामा परेका खेलाडीलाई अगामी दिनमा पनि सहयोग गर्न संघले सक्दो पहल गर्ने प्रतिबद्धता जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP