एसियन अनलाइन पुम्सेमा तीन नेपाली खेलाडीले जिते स्वर्ण

डिजी एसियन तेक्वान्दो ओपन अनलाइन पुम्से च्याम्पियनसिपमा तीन नेपाली खेलाडीले स्वर्ण पदक जितेका छन्। आइतबार सम्पन्न च्याम्पियनसिपमा सञ्जीव नेपाली, प्रेम र सन्दीपा अमगाईंले स्वर्ण जितेका हुन्।

सञ्जीवले अमेरिकाका क्लिभ कोल्लाडोलाई हराउँदै स्वर्ण पदक जिते । पुरुष ३०–४० वर्ष उमेर समूहको पुम्सेमा सञ्जीवले ५.४३३ स्कोर प्राप्त गर्दा क्लिभले ४.४८३ स्कोर जोडेका थिए ।

महिला १८–३० वर्षमुनि उमेर समूहमा पनि नेपालकै सन्दीपा अमगाईंले सफलता पाइन् । उनले पनि अमेरिकाकै सानोन मास्देनलाई हराउँदै स्वर्ण चुमिन् । सन्दीपाले ५.५०० स्कोर र सानोनले ५.४०० स्कोर प्राप्त गरेकी थिइन् । नेपालकै प्रेमकुमार दर्नालले पुरुष ४०–५० वर्ष उमेरसमूहको पुम्सेमा स्वर्ण जिते । प्रेमकुमारले कुल ५।०६७ स्कोर बटुल्दै अमेरिकाका टिम ओमिरालाई हराए।

च्याम्पियनसिपमा आयोजक राष्ट्रद्वय अमेरिका, फिलिपिन्स, अस्ट्रेलिया, सिंगापुर, स्लोभानिया र इन्डोनेसियाका खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

Facebook Comments Box