तेक्वान्दो खेलाडी र प्रशिक्षकलाई दोबोक प्रादान

कागेश्वरी तेक्वान्दो डोजाङका खेलाडीलाई शनिबार दोबोक ९तेक्वान्दो खेल पोशाक० प्रदान गरिएको छ ।

सुमेरु ग्रुपका अध्यक्ष एवं नेपाल तेक्वान्दो संघका उपाध्यक्ष भरत महर्जनले करिब ५० खेलाडी र १ प्रशिक्षकलाई दोबोक एक कार्यक्रमबीच प्रदान गरे ।

गागलफेदीको राम जानकी मन्दिरमा भएको कार्यक्रममा करिब ३५ हजार रुपैयाँ बराबरको दोबोक वितरण गरिएको काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष अशोक खड्काले जनाएका छन् ।

एक महिनाअघि सञ्चालनमा आएको डोजाङमा प्रकाश श्रेष्ठले खेलाडीलाई प्रशिक्षण दिइरहेका छन्।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.