अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता नेपालले जित्यो तीन पदक

मलेसियामा जारी अन्तर्राष्ट्रिष्य तेक्वान्दो प्रतियोगिता नोपलले आइतबार ३ पदक जितेकोका छ । प्रथम मलेसियन ओपन अन्तर्राष्ट्रिय स्पोर्ट्स च्यालेन्ज प्रतियोगितामा आइतबार नेप्लिज तेक्वान्दो एकेडेमीका खेलाडीले २ रजत र १ कास्य गरी तीन पदक जितेका छन् ।

प्रतियोगिताको अन्तिम दिन आइतबार पुम्सेतर्फ १८ देखि ३९ वर्षको पुरुषमा पुष्पप्रसाद गौतम र महिलामा चन्दु शाहीले रजत जिते भने महिला १५ देखि १७ वर्षमा अस्मिता नगरकोटीले कास्य जितिन् । योसमेत गरी प्रतियोगितामा एनटीएका खेलाडीले १ स्वर्ण, ४ रजत र ३ कास्य जितेको छ ।

यसअघि मधु सापकोटाले ४० वर्षमाथि स्वर्ण तथा प्रगति कुइकेलले १३–१४ वर्ष र आयुश बोहराले १५–१७ वर्षमा रजत जितेका थिए । १०–१२ वर्षमा भिजन तामाङ र यू–९ मा प्रवीण श्रेष्ठले कांस्य हात पारेका थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.