पारा ओलम्पिकमा नेपाली तेक्वान्दो खेलाडी पलेशाले बेलायतकी खेलाडीसँग खेल्ने

जापानमा जारी पारा ओलम्पिकमा नेपाली तेक्वान्दो खेलाडी पलेशा गोवद्र्धनले पहिलो खेल ग्रेड ब्रिटेनकी खेलाडीसँग खेल्ने भएकी छिन्। पारा ओलम्पिकको तेक्वान्दोको मंगलबार निकाएयको ड्र अनुसार पलेशाले पहिलो चरणमा ग्रेट ब्रिटेनकी खेलाडी वेथ मुनरोसँग खेल्ने भएकी हुन्।

टोक्योमा जारी पारा ओलम्पिकमा पलेशाले के ४४ क्याटगोरीको महिला ५८ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गर्नेछिन्। पलेशाले शुक्रबार मुनरोसँग खेल्ने छिन्।

मुनरोलाई हराए दोस्रो चणमा पलेशाले टर्कीकी खेलाडी गाम्जे गुर्डलाई प्रतिस्पर्धीका रुपमा पाउने छिन्। पारा ओलिम्पिकमा सहभगाी जनाउने पलेशा एक्ली नेपाली खेलाडी हुन् । पलेशााको प्रशिक्षकाका रुपमा कविराज नेगी लामा रहेका छन्।

Facebook Comments Box