उसु खेलाडी बाइबाको मृत्यु

१४ असार, काठमाडौं । उसु खेलाडी वीरमान बाइबाको मृत्यस भएको छ । काभ्रेको बेथानचोक गाउँपालिकामा सुतेको स्थानमै उनी मृत भेटिएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

शनिबार बेलुका सामान्य अवस्थामा सुतेका उनी आइतबार बिहान मृत्य अवस्थामा भेटिए । वीरमान शनिबार केही समय फुटबल खेलेर घर गएका थिए । सुत्नुअघि सबैसँग राम्रै कुराकानी गरेर उनी सुतेको बताइएको छ ।

इन्डोनेसियामा भएको १८औं एसियन गेम्समा सहभागी भएका उनले राखेप च्याम्पियनसिपमा पदक जितेका थिए । उनले क्योकुशिन फुल कन्ट्याक्ट करातेबाट खेल सुरुवात गरेका थिए ।

फुलकन्ट्याक कराते हुँदै किक बक्सिङ कुङ फु मुवाथाई समेत खेलेका वीरमान पछिल्लो समय भने उसु खेलमा लागेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *