°
, June 1, 2023 in
0

अगुएरो अझै दुई महिना मैदानबाहिर रहने

SHARE:

म्यान्चेष्टर सिटीका अर्जेन्टिनी स्ट्राइकर सर्जियो अगुएरो अझै दुई महिना मैदान बाहिर रहेन भएका छन् । गत जुनमा लागेको घुँडामा लागेको चोट निको नभएपछि उनी अझै २ महिना मैदान बारि रहने भएका हुन ।

प्रिमियर लिग अन्तर्गत जुन २२ मा बर्नेलीविरुद्धको खेलमा अगुएरोको घुँडामा चोट लागेको थियो । सोही चोटका कारण उनले लिगका १० र च्याम्यिन्स लिगका २ खेल गुमाएका थिए ।

अगुएरोको घुँडाको चोट गम्भीर भएकाले उनी नेभेम्बर अन्तिमसम्म मैदान बाहिरै रहेन सिटीका प्रशिक्षक पेप ग्वार्डिओला बताएका छन् ।

सिटीका प्रशिक्षक पेप ग्वार्डीओलाले ३२ बर्षिया फरवार्ड नोभेम्बरको अन्तिमसम्म मैदान बाहिर रहने बताएका छन् । ग्वार्डीओलाले भनेका छन्, ‘उनमने चोट गम्भीर थियो, उनी सामान्य प्रशिक्षणमा समेत सहभागी छैनन् । त्यसैले उनी दुई महिनामा तयार हुनेछन् भन्ने आशा छ ।’

सन् २०११ बाट निरन्तार सिटीको अग्रपंक्ति सम्हालिरहेका अगुएरो सिटीका सर्वाधिक गोलकर्ता हुन् । उनले सिटीबाट ३७० खेल खेल्दै २५४ गोल गरेका छन् ।

अगुएरोलाई अनुपस्थितिमा ग्याब्रियल जेसुसले सिटीको अग्रपंक्ति सम्हाल्ने छन् । अघिल्लो सिजन जेसुसले सबैप्रतियोगितामा गरी ५३ खेलमा २३ गोल गरेका थिए ।

सिटीले सोमबार उल्भ्ससँग खेल्दै प्रिमियर लिगको सुरुवात गर्दैछ ।

SHARE:

Leave a Reply

Your email address will not be published. Required fields are marked *