अन्तरकलेज बोइज बास्केटबल : जय मल्टिपललाई हराउँदै विन्सम सेमिफाइनलमा

विन्सम कलेज काठमाडौंमा जारी प्रथम अन्तरकलेज बोइज बास्केटबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ। जय मल्टिपल कलेजमाथि जित निकाल्दै विन्सम सेमिफाइनलमा पुगेको हो ।

पहिलो खेलमा विन्समले जय मल्टिपल कलेजलाई २८–२५ को साँघुरो अन्तरले पराजित ग¥यो । जितमा सरोज तामाङले २० अंक योगदान गरे । सरोजकै १८ अंक मद्दतमा विन्समले अर्को खेलमा न्यु मिलिनियमलाई ३८–३० ले हरायो ।

नामी पनि सेमिफाइनलमा पुग्न सफल भयो । नामीले न्यु मिलिनियमको चुनौती ५६–४८ ले समाप्त पा¥यो । नामीका जाम्लिङ लामाले १७ स्कोर गरे ।
यससंगै सेमिफाइनल समीकरण तयार भएको छ । सेमिफाइनलमा नामीको भेट र लिम्पिया नेसनल कलेजसंग हुने छ । अर्को सेमिफाइनल विन्सम र सूर्योदयबीच हुने छ ।