°
, June 4, 2023 in

अभिनाशले लिए एकै ओभरमा २ विकेट, नेपाल खेलमा फर्कियो

SHARE:

१७औं ओभरमा अभिनाश बोहराले २ विकेट लिए पनि नेपाल खेलमा फर्किएको छ । १७औं ओभरको अभिनाशले मोहम्मद उस्मान र पाँचौं बलमा मोहम्मद वासिमलाई आउट गरे ।

दुई सेट ब्याट्सम्यान आउट भएसँगै नेपाल खेलमा फर्किएको छ । वासिमले ४८ बलमा ७० र उस्मानले १७ रन बनाए ।

यस्तै, जितेन्द्र मुखियाले १८औं ओभरको पहिलो बलमा विकेट लिएपछि युएई थप दबाबमा परेको छ। योसँगै १७.२ आभेरमा १४३ रन बनाउँदा ५ विकेट गुमाएको छ।

यसअघि खतरनाक देखिएका युवा ब्याट्सम्यान भृत्या अरविन्दलाई बोल्ड गर्दैै सन्दीपले नेपाललाई सफलता दिलाएका छन्। भृत्याले २३ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै ४६ रन बनाए ।

आमोनस्थित अल अमेरात क्रिकेट मैदानमा जारी खेलमा दोस्रो ओभरको चौथो बलमा जितेन्द्र मुखियाले चिराग सुरीलाई बोल्ड गर्दै नेपाललाई सफलत दिलाएका थिए ।

SHARE: