नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले अचानक सामाजिक सञ्जालबाट राजीनामा दिने घोषणा गरेपछि अहिले नेपाली फुबटल क्षेत्र तातेको छ। एन्फा उपाध्यक्ष पंकजविक्रम नेम्वाङका कारण आफूले राजिनामा दिएको बताएपछि नेपाली फुटबलमा एक प्रकारको तरंग नै उत्पन्न भएको छ।
प्रशिक्षक अलमुताइरीले राजिनामा दिने घोषणा गरेको केही समय पछि नै एन्फाले राजीनामा फिर्ता लिन उनलाई आग्रह गरेको छ। एन्फा कम्प्लेक्समा प्रशिक्षक मुताइरीसँग भेट गर्दै एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले राजीनामा फिर्ता लिने आग्रह गरेका हुन्। भेटमा प्रशिक्षक अलमुताइरीले केही दिनयता आफू तनावमा रहेको बताएको अध्यक्ष शेर्पाले बताए।
यता, आफ्ना कारणले प्रशिक्षक अलमुताइरीले राजीनामा दिनु परेको उल्लेख गरेपछि प्रतिक्रिया दिँदै एन्फा वरिष्ठ उपाध्यक्ष नेम्वाङले आफूमाथि षड्यन्त्र भएको बताएका छन्। नेम्वाङले अलमुतारीले आफ्नो कारणले राजीनामा दिएको बताएपछि आफू आश्चर्यमा परेको बताए।
‘जनु आरोप ममाथि लगाइएको त्यो निधार हो । ममाथि षडयन्त्र भइरहेको छ,’ वरिष्ठ उपाध्यक्ष नेम्वाङले भने, ‘जहिलेपनि सत्यको वकालत गर्दै एन्फामा बसिरहेको व्यक्ति हुँ । ममाथिको एउटा षडयन्त्र भइरहेको छ। एन्फाले यसको छानविन गर्नुपर्छ।’
अलमुताइरीको राजीनामा प्रकरणमा एन्फालाई छानबिन गर्न माग गर्दै नेम्वाङले जो दोषी देखिन्छ, त्यसको भागीदार हुनुपर्ने बताए । उनले आफू दोषी देखिए एन्फबाट राजिनामा दिने बताए ।
र, याे पनि
प्रशिक्षक अलमुताइरीले किन गरे एक्कासी राजीनामा दिने घोषणा?
अलमुताइरीको राजीनामाले तातेको सामाजिक सञ्जाल, कसले के भने?
प्रशिक्षक अलमुताइरीले धुम्रपान गर्दा किन आपत्ति? यस्तो छ इतिहास र फिफाको नियम