द हिमालयन क्लबले अस्ट्रेलियाको मेलबर्नमा १९ मार्चदेखि २७ मार्च ९५ देखि १३ चैत० सम्म क्रिकेट कार्निभल गर्ने भएको छ ।
प्रतियोगितामा द हिमालयन क्लब, एक्सपर्ट सागरमाथा ब्लुज, रोयल राइनोस क्रिकेट क्लब, मेभन क्रिकेट क्लब, फार वेस्टर्न हन्टर्स, गोर्खाली क्रिकेट क्लब, एभरेस्ट लायोन्स, गल्मी टाइगर्स गरी आठ टिम सहभागी हुनेछन् ।
प्रतियोगितालाई क्रिकेट भिक्टोरिया, हार्मनी इन क्रिकेट एसोसिएसन र अन्य नेपाली सामुदायिक क्रिकेट क्लब तथा संघसंस्थाहरुको सहयोग रहेको छ ।
आइतबार २७ मार्चमा हुने ग्रान्ड फिनालेअघि बच्चाको क्रिकेट क्लिनिक सञ्चालन गरेर यसलाई पारिवारिक कार्यक्रम बनाउने लक्ष्य राखेको आयोजक क्लवका अध्यक्ष केशव सापकोटाले जानकारी दिए । प्रतियोगिताको विजेतालाई तीन हजार डलर, दोस्रो हुनेलाई एक हजार डलर पुरस्कार दिने आयोजकले जनाएको छ ।