अखिल नेपाल फुटबल संघ एन्फाका पूर्व कार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठको सालिक अनावरण गरिएको छ ।
एन्फा मुख्यालयमा राखिएको अर्धकदको सालिक स्थानान्तरण गरिएपछि स्वर्गीय श्रेष्ठकी पत्नी लिलुले अनावरण गरेकी हुन् । श्रेष्ठको सातौं स्मृतिदिवरको अवसरमा सालिक अनावरण गरिएको हो।
एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, केन्द्रीय कार्यसमितिका पदाधिकारीलगायत फुटबलसँग सम्बन्धित सबैले श्रेष्ठको सालिकमा माल्यार्पण गरी श्रद्धान्जलि अर्पण गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै एन्फा अध्यक्ष शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङले नेपाली फुटबलमा चीर स्मरणीय सर्वमान्य व्यक्तित्वका रुपमा श्रेष्ठको स्मरण गरे ।