एसियन भलिबल च्याम्पियनसिपका लागि पहिलो चरणमा १८ खेलाडी छानिए

एसियन महिला भलिबल च्याम्पियनसिपका लागि नेपाली टिमको पहिलो चरणकोघोषणा गरिएको छ। भदौमा फिलिपिन्समा आयोजना हुने एसियान महिला च्याम्पियनसिपका पहिलो चरणमा शनिबार १८ सदस्यीय नेपाली टिमको घोषणा गरिएको हो।

बन्द प्रशिक्षणमा रहेका २७ खेलाडीबाट १८ खेलाडी छनोट गरिएको हो । टिम छनोटका लागि नेपाल भलिबल संघले सचिव मानविर छन्त्यालको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको थियो।

पहिलो चरणमै राष्ट्रिय टिमबाट खेलिसकेका दुई खेलाडी कमला पुन र हिरा केसी बाहिरिएका छन् । यस्तै कृपा अधिकारी र मनिषा चौधरी १८ सदस्यीय टिममा पनि निरन्तरता पाएका छन् । नेपालमै भएको १३ औं साग खेलेका कप्तान अरुणा शाहीसहित ११ खेलाडीले निरन्तरता पाएका छन् ।

यी हुन् छनोट भएका खेलाडी ?

प्रतिभा माली, सरस्वती चौधरी, शान्ति थारु, उषा भण्डारी, निरुता ठगुन्ना, सफिया पुन, सुनीता खड्का, मनिषा चौधरी, उषा विष्ट, कविता भट्ट, रेश्मा भण्डारी, लक्ष्मी चन्द, रिया कुँवर, अरुणा शाही, जानकी भण्डारी, कृपा अधिकारी, सलिना श्रेष्ठ, सरस्वती जैसी ।

Facebook Comments Box