कराँची किंग्स पाकिस्तान सुपर लिग (पिएसएल)को फाइलनमा प्रवेश गरेको छ । शनिबार लाहोरमा भएको पहिलो क्वालिफायरमा मुल्तान सुल्तानलनाई सुपर ओभरमा पराजित गर्दै कराँची फाइनलमा प्रवेश गरेको हो ।
पिएसल कोरोना भाइरसको महमारीका कारण बीचमै रोकिएको थियो । लिग चरण सकिएलगत्तै रोकिएको पिएसलको प्लेअफ शनिबारबाट सुरु भएको हो । अब उपाधिका लागि कराँचीले लाहोर ग्लाडियटर्स र पेसावर जल्मीबीचको विजेता र मुल्तान सुल्नतालबीचको विजेतासँग खेल्ने छ । लाहोर ग्लाडियटर्स र पेसावर जल्मीबीचको एलिमिनेटर आज हुने छ ।
गद्दाफी क्रिकेट स्टेडियममा भएको खेलमा मुल्तान सुल्तान र कराँचीले समान १४१ रन बनाएपछि खेलको नतिजा सुपरओभरबाट आएको हो । टस हारेर पहिले ब्याटिङ गरेको सुल्तानले २० ओभरमा ७ विकेट गुमाएर १४१ रन बनाएको थियो । १४२ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको कराँचीले पनि २० ओभरमा ८ विकेट गुमाएर १४१ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो ।
सुपर ओभरमा कराँचीले २ विकेट गुमाएर १३ रन बनाएको थियो । सुल्तानले ९ रन मात्र जोड्न सक्यो । सुपर ओभरमा खेल जानुअघि टस हारेर पहिले ब्याटिङ गरेको मुल्तान सुल्तानले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४१ रन बनाएको थियो ।
सुल्तानको लागि रबि बोपाराले ४० रन जोड्दा सोहिल तान्भिरले अविजित २५ रन बनाए । जिसन आश्रफले २१ रन जोडे । कराचीका अश्रद इकबाल र वाकस माक्सुदले २–२ विकेट लिए । कराँचीका बाबर आजमले ६५ रन बनाए । यस्तै कप्तान इमाद वासिमले अविजित २७ रन र एलेक्स हेल्सले २२ रन जोडे । सुल्तानको सोहिल तन्भिरले ३ विकेट लिए ।