काठमाडौंका डिलरले भिजिट गरे धनकुटामा फ्याक्ट्री

धनकुटा । नेपालमै पहिलो किवीको वाइन विक्रीमा ल्याएको माउण्ट एभरेष्ट वाइनरी उद्योगले बागमती अञ्चलका आफ्ना डिलरहरुलाई वाइन उत्पादन हुने फ्याक्ट्री भिजिट गराएको छ । काठमाडौं क्षेत्रबाट आएका डिलरहरु वाइनबाट बनेको पहिलो फ्याक्ट्री देखेर दंग परेका छन् ।

काठमाण्डौ क्षेत्रमा किवीको वाइन अत्याधिक मन पराए पछि अहिले वाइन उद्योगले धनकुटाको राजारानीमा रहेको आफ्नो फ्याक्ट्रीमा डिलरका सञ्चालकहरुलाई बोलाएको हो । वाइन उद्योगका प्रबन्धनिर्देशक विष्णु बास्तोलाले आफुले बेच्ने ब्राण्डको वाइन फ्याक्ट्री हेराउनलाई काठमाडौंबाट झिकाएको बताए ।

नेपाली बजारमा पाइने अन्य वाइनभन्दा प्रिन्सेस वाइन फरक स्वादमा बजारमा आएको बास्तोला बताउँछन । ‘प्रिन्सेस वाइनले वाइन पारखी उपभोक्ताको मन जित्न सफल हुनेमा हामी विश्वस्त छौं,’ उनले भने ।

उद्योगले रेड र ह्वाइट वाइन उत्पादन गरिरहेको छ । उद्योगले उत्पादन गरेकाके ‘प्रिन्सेस’ ब्राण्डबाट वाइन बजारमा लोकप्रिय भए सँगै उद्योग उत्साहित भएको उद्योगका अध्यक्ष हरेराम साह बताउँछन । हामीले अहिले प्रदेश एकका अन्य सहरमा वाइन समेत दिन सकेका छैनौ । केहि दिन भित्र प्रदेश एकका सहरहरुमा वाइन लौजादै छौ उनले बताए । भने । राजधानी काठमाडौंसहित मुख्य बजारमा वाइनको बिक्री सुरु भएको उद्योगले जनाएको छ ।

किवी लगायतका फलफूलका लागि उद्योगले किसानहरुसँग सहकार्य गरेको छ । ‘उद्योग आफैले पनि किवी खेतीमा लगानी गर्ने तयारीमा रहेको जनाएको छ । उद्योगबाट उत्कृष्ट क्वालिटीको वाइन उत्पादन गर्न सफल भएकाले बजारमा माग अत्याधिक बढ्दै गएको उनीहरुको दाबी छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.