चार खेलपछि मनाङको जित

साबिक विजेता मनाङ मस्र्याङ्दी क्लबले सहिद स्मारक ए डिभिजन लिगमा लगातार चार खेलमा बराबरी नतिजा बेहो¥यो । लिगको आठाँैँ चरणमा मनाङले सम्भवतः सबैभन्दा सहज प्रतिद्वन्द्वी सरस्वती युथ क्लब पाएको थियो ।

सरस्वती चालू लिगको रेलिगेसन जोनमा परेको र लगातार ६ खेलमा पराजित भएको क्लबसमेत हो । यसअघिका चरणमा मनाङले कडा प्रतिद्वन्द्वी पाएको थियो । उनीहरूसँग मनाङले बराबरी खेल्यो । मनाङले ती चार खेलबाट चार अंक मात्र बटुल्दा उसले अग्रता लिने अवसर गुमाएको थियो ।

उपाधिहोडमा फर्कन तथा बराबरी जिंक तोड्न पनि मनाङले सरस्वतीलाई हराउनुपर्ने थियो । सात सय दर्शकको उपस्थिति रहेको दशरथ रंगशालामा मनाङले शुक्रबार सरस्वतीविरुद्ध उत्कृष्ट खेल पस्कन सकेन । यद्यपि, मनाङ १–० को जित निकाल्न सफल भयो ।

मनाङले सरस्वतीमाथि शुक्रबार जित निकाल्नुअघि डिसेम्बर २६ मा ब्रिगेड ब्वाइजलाई १–० ले हराएको थियो । सरस्वतीविरुद्ध कठिन जित निकाल्दा मनाङका लागि एक मात्र निर्णायक गोल विमल रानाले खेलको ४६औँ मिनेटमा गरेका थिए ।

मध्यान्तरपछि खेल सुरु भएको एक मिनेटभित्रै मनाङले सम्भवतः खेलकै एक मात्र राम्रो मुभ बनाएको थियो । यसै मुभमा मनाङले १–० को अग्रता लियो । अञ्जन विष्टले दायाँ साइडबाट हेडिङ गरेको बल पहिलो बारमा लागेको थियो । रिबाउन्ड बलमा विमलले ६ यार्ड बक्सभित्र हेडिङ गोल गरे । उनको गोलमा मनाङले महŒवपूर्ण तीन अंक बटुल्यो ।

मनाङले आठ खेलबाट १६ अंक बटुल्दै एक स्थान सुधार गरेको छ । शीर्ष स्थानको त्रिभुवन आर्मी र दोस्रो स्थानको मच्छिन्द्रले समान १६ अंंक बनाएका छन् । गोलअन्तरमा यी दुवै क्लब अघि रहँदा मनाङ तेस्रो स्थानमा धकेलियो । मनाङले भन्दा आर्मीले तीन र मच्छिन्द्रले दुई गोल विपक्षी पोस्टमा बढी गरेका छन् ।

पहिलो हाफमा गरेको एक गोलले मान्यता नपाउँदा मनाङ अग्रता लिनबाट चुकेको थियो । निशान लिम्बूले १५औँ मिनेटमा डिबक्सबाट गोल गरेका थिए । उनले प्रहार गरेको बलले सरस्वतीको जाली प्वाल पारेको थियो । निशानले अग्रता गोलको खुसीयाली मनाएको धेरै पछि साइड लाइन्सम्यानले अफसाइड घोषित गरे । यसले केही समय खेल बिथोलियो ।

मनाङका खेलाडीले फिल्डमा रहेका रेफ्री श्याम दनुवारसँग विवाद गरे । मैदानबाहिर मनाङका अफिसियलले फोर्थ रेफ्री विश्वास कार्की र म्यान कमिसनर उपेन्द्रमान सिंहसँग विवाद गरे ।

मनाङका प्रशिक्षक धनेश्वर प्रजापतिले सरस्वतीजस्तो प्रतिद्वन्द्वीसँग सोचेजस्तो प्रदर्शन गर्न नसकेको बताए । ‘दोस्रो हाफमा राम्रो भयो,’ प्रजापतिले भने, ‘आफूलाई बल पास नदिँदा खेलाडी–खेलाडी नै रिसाएर खेले ।’

सरस्वतीका प्रशिक्षक प्रदीप नेपालले डिफेन्सको गल्तीमा गोल बेहोरेको बताए । ‘मिडफिल्ड र डिफेन्सबीचको तालमेल राम्रो थियो, तर फिनिसिङ लाइनका खेलाडीले राम्रो गर्न सकेनन्,’ उनले भने ।

अर्को खेलमा कप्तान सन्तोष साहुखलले इन्जुरी समयमा गरेको गोलमा च्यासलले ब्रिगेड ब्वाइजलाई १–० ले हरायो । जितसँगै च्यासल आठौँ स्थानमा उक्लिएको छ । १०औँ स्थानमा रहेको ब्रिगेडको आठ अंक छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.