आइपिएल २०२१को बाँकी खेलका लागि राजस्थान रोयर्सले न्युजिल्यानडका ब्याट्सम्यान ग्लेन फिलिप्सलाई अनुबन्धन गरेको छ। राजस्थानले इंग्लिस विकेटकिपर ब्याट्सम्यान जोस बट्लरको स्थानमा फिलिप्सलाई अनुबन्धन गरेको हो।
कोरोना कारण रोकिएको बीचमै रोकिएको १४औं संस्करणको आईपिएल सेप्टेम्बर १९बाट युएईमा हुने सुरु हुँदैछ। उनी यसै साताबाट सुरु हुने क्यारेबियन प्रिमियर लिग सकेर आईपिएलका लागि युएई आउने छन। सिपिएलमा उनी बार्बाडोस ट्राइडेन्समा आबद्ध छन्।
फिलिप्स गत नोभम्बरमा वेस्टइन्डिजविरुद्ध ४६ बलमा शतक बनाउँदै चर्चाका आएका थिए। यो क्रममा उनले कोलिन मुन्रोको रेकर्ड तोड्दै न्युजिल्यान्डका लागि टि–२०मा सर्वाधिक छिटो शतक बनाउने खेलाडी बनेका थिए।
उनले न्युजिल्यान्डका लागि टि–२० क्रिकेटमा २५ खेलमा एक शतक र दुई अर्धशतकसहित कुल ५०६ रन बनाएका छन्।
राजस्थानका अन्य दुई इंग्लिस खेलाडी जोफ्रा आर्चर र बेन स्टोक्सले पनि आइपिएलका बँकी खेल खेल्ने छैनन् । आर्चर घाइते छन् भने स्टोक्सले मासिक स्वास्थ्यको कारण देखाउँदै सबैखाले क्रिकेटबाट विश्राम लिने घोषणा गरेका छन्।